+
Search

ताजा अपडेट +

पपुलर +

ब्राउन सुगर सहित चार जना पक्राउ

मुनाल न्यूज डेक्स
२०७८ माघ २३, आईतवार १५:५६ गते

२३ माघ २०७८, आइतवार
कानेपोखरी गाउँपालिका ५ बाट लागूऔषध ब्राउन सुगर सहित चार जना पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मोरङ बेलवारी नगरपालिका ७ का ३३ बर्षीय रूपक श्रेष्ठ, २६ बर्षीय कृष्ण रणपहेली, बेलवारी नगरपालिका ९ का २८ बर्षीय रामदेव चौधरी र कानेपोखरी गाँउपालिका ५ का २१ बर्षीय रवि चौधरी रहेका छन् ।

प्रहरी चौकी रमाईलोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ४० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका चारै जनालाई लागूऔषध मुद्धामा म्याद थप भई अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd