२३ माघ २०७८, आइतवार
प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद विस्तार गरेका छन्। सात मन्त्रालय रहेको प्रदेश १ मा अब मन्त्रालय नै १३ वटा बनाइएको छ। यी मन्त्रालयहरूमा सत्तारूढ दलहरूबाट आज मन्त्री नियुक्त गर्ने तयारी छ।
प्रदेश १ मा नेपाली कांग्रेसबाट ५, नेकपा (एकीकृत समाजवादी) बाट मुख्यमन्त्रीसहित ४, नेकपा माओवादी केन्द्रबाट ३, जसपाबाट १ र संघीय लोकतान्त्रिक मञ्चबाट एक जना मन्त्रिपरिषदमा रहेकाछन्।
निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन्त्रीमा रामकुमार राई‚ सामाजिक विकासमन्त्रीमा राजन राई‚ पर्यटन तथा सांस्कृति मन्त्रीमा खिनु लङ्वा लिम्बू‚ कृषिमन्त्रीमा झलकबहादुर मगर‚ वन‚ वातावरण तथा भू संरक्षणमन्त्रीमा शेखर चन्द्र थापा‚ उद्योग‚ श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम‚ भूमि व्यवस्था‚ सहकारी तथा गरिबी निवारणमन्त्रीमा ओमप्रकाश सरावगी र यातायात व्यवस्था तथा सञ्चारमन्त्रीमा उपेन्द्र प्रसाद घिमिरेले शपथ लिएका हुन्।
जयराम यादवले यसअघि सामाजिक विकास मन्त्रालयको जिम्मेवारीमा पाएका थिए भने अहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ। नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुईजना मन्त्री बनेका हुन्। प्रदेश १ मा ६ वटा मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो। तर‚ भागबण्डा नपुगेपछि पुनः मन्त्रालय फुटाएर १३ बनाएको छ।
प्रतिक्रिया