२३ माघ २०७८, आइतवार
नेपालको चर्चित गायन रियालिटि सो ‘सारेगमप लिटिल च्याम्प्स’ को को बिजेता झापाकी कृपा पाैडेल भएकी छन । यस्तै फस्ट रनरफ पनि झापाकै राेसा फुएल भएकी छन ।
गायन रियालिटि सो सारेगमप लिटिल च्याम्प नेपालको उपाधी झापाकी कृपा पौडेलले जित्नु भएको छ । झापा बिर्तामोडकी १४ बर्षीया कृपाले हिजो सम्पन्न सारेगमप फाइनलमा उपाधी जितेकी हुन ।
ग्यालेक्सी फोर के टेलिभिजनमा विगत १८ हप्तादेखि प्रसारण भइरहेको सारेगमपको हिजो राति सम्पन्न भएको फाइनलमा अन्य चार प्रतिस्पर्धीलाई उछिन्दै कृपाले उपाधी कब्जा गर्नु भएको छ । प्रतियोगिताको दोस्रो स्थान पनि झापाकै रोसा फुयल हुनु भयो । झापा मेचीनगरकी रोसाले उत्कृष्ट दोस्रो स्थान प्राप्त गर्नु भएको हो ।
फाइनलमा स्थान बनाएका ५ जना प्रतियोगि मध्ये दुई झापाली चेलीहरुले प्रतियोगिताभरि नै उत्कृष्ट गायन प्रस्तुती दिएका थिए ।
झापाकी कृपा पौडेल रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प्स’को बिजेता
२०७८ माघ २३, आईतवार ०१:४४ गते

प्रतिक्रिया