+
Search

ताजा अपडेट +

पपुलर +

११ वर्षमा ६ हजारले लिए रातो पासपोर्ट

मुनाल न्यूज डेक्स
२०७८ माघ २१, शुक्रबार ०२:०० गते

२१ माघ २०७८, शुक्रवार
सरकारले ११ वर्षमा करिब ६ हजार कूटनीतिक राहदानी (रातो पासपोर्ट) जारी गरेको छ । राहदानी विभागको तथ्यांक अनुसार सन् २०१० को डिसेम्बर यता ५ हजार ८४८ वटा कूटनीतिक प्रकारका पासपोर्ट जारी भएको हो ।

यी सबै मेसिन रिडेबल पासपोर्ट (एमआरपी) भएको विभागका महानिर्देशक डोरप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार विगतमा हस्तलिखित रुपमा कूटनीतिक पासपोर्ट जारी भए पनि अहिले कुनै पनि प्रकारका हस्तलिखित पासपोर्ट प्रयोग गरेर विदेश यात्रा गर्न पाइँदैन ।

‘कानुनले तोकेको मापदण्ड अनुसार कूटनीतिक पासपोर्ट जारी हुन्छ,’ उनी भन्छन्, ‘राहदानी नियमावली २०७७ ले तोकेको व्यवस्था अनुसार अहिले राहदानी जारी हुन्छ, कूटनीतिक राहदानीको हकमा पनि त्यही अनुसार हुन्छ ।’

सरकारी कामको सिलसिलामा विदेश भ्रमणमा जान तोकिएका पदाधिकारीलाई सम्बन्धित संवैधानिक निकाय वा मन्त्रालय वा सचिवालय वा अदालत वा कार्यालयबाट लेखी आएमा विभागले कूटनीतिक राहदानी जारी गर्न सकिने व्यवस्था छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd