+
Search

ताजा अपडेट +

पपुलर +

कार्यकारी निर्देशक दुर्गा प्रसाईकाे आक्राेश : तोकिएभन्दा बढी शुल्क नलिएको दावी

मुनाल न्यूज डेक्स
२०७८ माघ १९, बुधबार १४:२८ गते

१९ माघ २०७८, बुधबार
झापा बिर्तामोडको बीएण्डसी अस्पतालले कोरोना संक्रमण जाँच र स्वास्थ्य सुरक्षा सामग्री पीपीइ बापत बिरामी र उनीहरुका आफन्तसँग कुनै अतिरिक्त शुल्क नलिएको जनाएको छ । कतिपय सञ्चारमाध्यममा अस्पतालले अतिरिक्त शुल्क लिएको समाचार सार्वजनिक भएपछि अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरी सार्वजनिकरुपमै त्यसको खण्डन गरेको हो ।

अस्पताल प्रशासनले तथ्यमा टेकेर समाचार लेख्न आग्रह गर्दै तोकिएको बाहेक बिरामी र उनीहरुका आफन्तसँग कुनै अतिरिक्त वा बढी शुल्क नलिएको जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले गलत नियत र मनसाय राखेर अस्पतालविरुद्ध भ्रमपूर्ण प्रचारवाजी भइरहेकोप्रति कडा आपत्ति जनाएका छन् । उनले सरकारले तोके अनुसार शुल्क लिइरहेको बताए।

संक्रमितको उपचारमा अस्पतालले निरन्तर योगदान गरिरहे पनि त्यसको चर्चा नगरी अफवाह फैलाइएकोप्रति कार्यकारी निर्देशक प्रसाईले सञ्चारकर्मीप्रति कडा रोष प्रकट गरे । अस्पतालमा भर्ना भएका बिरामी र उनीहरुका आफन्तले समेत कोरोना संक्रमण जाँच र पीपीई वापत अस्पतालले कुनै अतिरिक्त रकम नलिएको बताएका छन् ।
स्पीक कर्नरबाट

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd