+
Search

ताजा अपडेट +

पपुलर +

७८ वर्षीया वृद्धालाई स्वास्थ्य स्वयंसेविकाले बोकेर पुर्‍याइन् खोपकेन्द्र

मुनाल न्यूज डेक्स
२०७८ माघ १८, मंगलवार ००:४५ गते

१८ माघ २०७८, मंगलबार
गुल्मीकी एक स्वास्थ्य स्वयंसेविका कोरोना विरुद्धको खोप लगाउन एक वृद्धालाई बोकेर लैजाँदै गरेको तस्वीरका कारण चर्चामा आएकी छन् ।

गत शुक्रबार गुल्मी दरबार गाउँपालिका वडा नं ३ राजाघरकी ४२ वर्षीया लीला थापाले सोही गाउँपालिका वडा नं ३ पुर्खेकी ७८ वर्षीया देवकला टण्डनलाई बोकेर खोप लगाउन लगेपछि सामाजिक सञ्जालमा चर्चामा आएकी हुन् ।

गाउँपालिकामा बुधबारदेखि ज्येष्ठ नागरिकहरुको लागि जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यक्रम शुरु भएको थियो । बिहीबार बिहानै टण्डनको परिवारले देवकला आफ्नो स्वास्थ्य अवस्थाका कारण खोप लगाउन जान नसक्ने जानकारी दिएपछि थापाले उनलाई बोकेर खोप केन्द्रसम्म पुर्‍याएको गाउँपालिकाका स्वास्थ्य संयोजक नारायणप्रसाद अर्यालले जानकारी दिए ।

त्यसो त देवकलाको घर थापाको कार्यक्षेत्रभित्र त पर्दैन । तर ज्येष्ठ नागरिकलाई खोपबाट बञ्चित गराउनु हुँदैन भनेर आफूले देवकलालाई बोकेर खोप केन्द्र पुर्‍याएको थापा भने ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd