+
Search

ताजा अपडेट +

पपुलर +

राष्ट्रियसभा बैठक अनिश्चितकालका लागि स्थगित

मुनाल न्यूज डेक्स
२०७८ माघ १६, आईतवार ०९:५३ गते

१६ माघ २०७८, आइतवार
राष्ट्रियसभाको बैठक पुनः अनिश्चितकालका लागि स्थगति भएको छ । यसअघि माघ १७ गतेका लागि बोलाइएको बैठक पुनः अनिश्चितकालका लागि स्थगित गरिएको हो

संघीय संसदका महासचिव डा भरतराज गौतमले आइबार(आज) जारी गरेको सूचनामा राष्ट्रियसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३०) बमोजिम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको बताएका छन् । यसअघि प्रतिनिधिसभा बैठक पनि माघ २६ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

एमालेले निरन्तर अवरोध गर्दै आएपनि संघीय संसदको बैठक पनि प्रभावित हुँदै आएको छ । यही बीचमा कोरोना महामारी समेत फैलिएको अवस्थामा बैठक बस्न बस्न थप कठिनाइ भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd