+
Search

ताजा अपडेट +

पपुलर +

समयमै निर्वाचन हुने कुराले लगानिकर्ता उत्साहित, नेप्सेमा १०५ अंकको बृद्दि

मुनाल न्यूज डेक्स
२०७८ माघ १६, आईतवार ०९:४४ गते

१६ माघ २०७८, आइतवार
समयमै निर्वाचन हुने भन्ने हल्ला चलेपछि लगानीकर्ता उत्साहित भएका छन । धितोपत्र कारोबार हुने साताको पहिलो दिन आइतबार सेयर बजारमो तेहेरो अंकको उछाल आएको छ। नेप्से १०५.५ कंकले बढेको हो । गएको साता चुनाब पछि धकेलिने निरास बनेका लगानीकर्ता यो साताको पहिलो दिनै उत्तताहित बनेका हुन ।।

बजार आज १०५.५५ अंकले उकालो लागेको हो। योसँगै २८८५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।

सरकारले जेठ मसान्तभित्र स्थानीय तहको निर्वाचन गर्ने भएसँगै सेयर बजारमा यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन्। लामो समयदेखि अन्यौलमा रहेको निर्वाचनको मिति तोकिँदा राजनीतिक अस्थिरताको चिन्ता हट्ने, निर्वाचनकै नाममा भए पनि सरकारी ढुकुटीमा खर्च हुन नसकेर थुप्रिएको बजेट बजारमा आउने वा अनौपचारिक च्यानलमा रहेको पैसा पनि प्रणालीमा आइपुग्ने र त्यसले तरलता सहज भई ब्याजदरसमेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बलियो बनेको उनीहरुको बुझाइ छ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd