१६ माघ २०७८, आइतवार
दाङ तुलसीपुर– ३ रानागाउँका ऋषि परियार उल्टो पैदल यात्रा गर्दै बिर्तामोड आइपुगेका छन् । काँकरभिट्टाबाट उल्टो पैदलयात्रा गर्दै उनी विर्तामोड आइपुगेका हुन् । आज विहानबाट उनले मेचीमहाकाली उल्टो पैदल यात्रा शुभारम्भ गरेका थिए ।
मेचीको पुलबाट यात्रा सुरु गरेका परियारले पहिलो दिन १८ किलोमिटर पुरा गरेका छन् । २ महिनामा महाकाली पुग्ने योजना बनाएका परियारले दैनिक ३० देखि ४० किलोमिटर यात्रा गर्ने जानकारी दिए ।
हातले टेकेर यसअघि विश्व रेकर्ड (गिनिज बुक) मा नाम लेखाई सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन् ।
स्वास्थ्यका लागि पैदल यात्रा नारा दिएका परियारले कोरोनामुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेका थिए । उनलाई स्थानीय राजनीतिक दलका अगुवा, जनप्रतिनिधि, सामाजिक अभियान्ता र सुरक्षा निकायका प्रतिनिधिले मेची पुलबाट विदाई गरेका थिए ।
आज विर्तामोड आइपुगेका परियार आइतवार विहानै पश्चिम लाग्ने छन्
प्रतिक्रिया