+
Search

ताजा अपडेट +

पपुलर +

बुवाले चलाएको ट्याक्टरले किचेर छोरीको मृत्यु

राजेश आचार्य
२०७८ माघ १५, शनिबार १०:२० गते

झापा, १५‌ माघ २०७८ । राजेश आचार्य

दुर्गापुरमा आज शनिवार दिउसो १२ बजेको समयमा बालकृष्ण दुलालले चलाएको ट्याक्टरले किचेर आफ्नै २ बर्षिय छोरी आरुची दुलालको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाले जनाएको छ ।

दुलालको मे १ त ७५४९ नम्बरको टयाक्टर पछाडि सार्ने क्रममा ट्याक्टर पछाडि खेलीरहेकी आफ्नै छोरीलाई किचेको थियो । छोरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक मानबहादुर जिम्बाले बताउँनुभयो । हाल टयाक्टरलाई इलाका प्रहरी कार्यालय सुरुङ्गाले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राजेश आचार्य