+
Search

ताजा अपडेट +

पपुलर +

विद्यालय बन्द कायमै राख्न सरकारलाई सिफारिस

मुनाल न्यूज डेक्स
२०७८ माघ १५, शनिबार ००:४६ गते

१५ माघ २०७८, शनिवार
कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले माघ मसान्तसम्म विद्यालयमा भौतिकरुपमा हुने पठनपाठनमा लगाइएको रोक कायमै राख्न सिफारिस गरेको छ ।

शुक्रवार बसेको सीसीएमसी बैठकले माघ मसान्तसम्म वैकल्पिक शिक्षण सिकाइका शैलीबाट पठनपाठन जारी राख्न समेत शिक्षा मन्त्रालयलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयका परीक्षालाई चाहिँ स्वास्थ्य मापदण्ड पालना गर्दै संचालन गर्न अनुमति दिन सिफारिस पनि बैठकले गरेको छ । साथै, खोप केन्द्रहरुलाई व्यवस्थित गर्न सरकारलाई आग्रह गर्ने निर्णय पनि भएको प्रवक्ता नेपालको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd