+
Search

ताजा अपडेट +

पपुलर +

मेचीनगरकी उपमेयर चढ्ने गाडीको ठक्करबाट राजवंशीको मृत्यु

मुनाल न्यूज डेक्स
२०७८ माघ १३, बिहीबार ०२:५८ गते

१३ माघ २०७८, बिहिवार
मेचीनगर नगरपालिकाकी उपमेयर मिना उप्रेती चढ्ने गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

बुधवार साँझ ७ बजे मेचीनगर- ७ स्थित पूर्वपश्चिम राजमार्गअन्तर्गत टोकला चिया बगानको गेट अगाडी पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडीले विपरीत दिसाबाट जाँदै गरेको मे ९ प ७९२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर- ७ बस्ने ३५ वर्षीय सन्तोष राजवंशी घाइते भएका थिए ।

घाइतेलाई सोही गाडीमा प्रहरी कर्मचारीसहित उपचारको लागि बिएन्डसी अस्पताल बिर्तामोडतर्फ पठाइएकोमा साँझ ७.३० बजे डाक्टरले मृत घोषणा गरेका थिए ।

मृतकको शव तत्काल सोही अस्पतालमा नै रहेको , दुर्घटना गराउने मेचीनगर नगरपालिकाको मे १ झ १७२ नम्बरको गाडी र सोही गाडीका चालक मेचीनगर ७ आयाबारी बस्ने ४८ वर्षीय राजकुमार प्रधान इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उपमेयर चढ्ने सो गाडीले उप्रेतीलाई विराटनगरमा छोडेर कार्यकर्ता लिएर फर्किने क्रममा ठक्कर दिएको जनाइएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd