+
Search

ताजा अपडेट +

पपुलर +

झापा देशकै चाैथाे धेरै जनसंख्या भएको जिल्ला, कति छ संख्या

मुनाल न्यूज डेक्स
२०७८ माघ १२, बुधबार १२:४० गते

१२ माघ २०७८, बुधवार
राष्ट्रिय जनगणना –२०७८ को प्रारम्भिक नतिजा अनुसार झापाको जनसंख्या ९ लाख ९४ हजार ९० जना पुगेको छ । तथ्याङक विभागका अनुसार १० वर्षमा १.९३ प्रतिशत जनसंख्या वृद्धि भएको छ ।

देशको कुल जनसंख्याको ३.४१ प्रतिशत जनसंख्या झापाको रहेको तथ्याङकमा उल्लेख छ । औषत परिवार संख्या ४.०४ रहेको विभागको विवरणमा उल्लेख छ ।

आज सार्वजनिक भएको प्रारम्भिक नतिजा अनुसार झापा देशकै धेरै जनसंख्या भएको चाथौ जिल्लामा परेको छ । ०६८ को जनगणनामा झापाको जनसंख्या ८ लाख १२ हजार ६ सय ५० जना रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd