९ माघ, २०७८
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीकी श्रीमती राधिका शाक्यलाई कोरोना नभएको पुष्टि भएको छ।
एमालेको आधिकारिक फेसबुक पेजमार्फत केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले ओलीकी श्रीमती राधिका शाक्यलाई संक्रमण नभएको जनाएका हुन् । अनुमानको भरमा उनलाई संक्रमण भएको समाचार आएपछि एमालेले आधिकारिक रुपमा यस्को खण्डन गरेको हो ।
फेसबुकमा लेखिएको छ-हाम्रो पार्टीका अध्यक्ष कमरेड केपी शर्मा ओली कोभिड संक्रमित हुनुभएकोमा शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।
साथै, श्रीमती राधिका शाक्यलाई कोभिड संक्रमण नभएकाले अनुमानका आधारमा सूचना सम्प्रेषण नगर्न सबैमा अनुरोध गर्दछौं ।
विष्णु रिजाल
उपप्रमुख, केन्द्रीय प्रचार विभाग
प्रतिक्रिया