९ माघ २०७८, आइतवार
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् ।
राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले आगामी वैशाखको सुरुमा परीक्षा सञ्चालन हुने र सोका लागि परीक्षा तालिका केही दिनभित्र सार्वजनिक गरिने जानकारी दिए । उनले भने, “परीक्षाका विषयलाई लिएर दोधारको स्थितिमा रहनु पर्दैन, परीक्षा हुन्छ । विद्यार्थी अहिलेदेखि नै परीक्षाको तयारीमा जुट्दा हुन्छ ।”
कक्षा १२ को परीक्षा आगामी जेठ महिनामा सञ्चालन हुने र यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी वैशाखमा सञ्चालन हुने भएको छ । माघको पहिलो साता बित्दासम्म पनि परीक्षा तालिका सार्वजनिक नहुनु र व्यवस्थापिका संसद्अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई खारेज गर्नुपर्ने धारणा राखेकाले यति बेला विद्यार्थी, शिक्षक तथा अभिभावक एसईई हुने वा नहुने कुराले निकै तनावमा छन् । राष्ट्रिय परीक्षा बोर्डले भने परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ ।
प्रतिक्रिया