७ माघ २०७८, शुक्रवार
त्रिभुवन विश्वविद्यालयले पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। परीक्षा नियन्त्रण कार्यालयले बिहीबार एक सूचना जारी गर्दै माघ ९ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।
कोरोना संक्रमण बढ्दै जाँदा त्रिविका परीक्षा नरोकिएको भन्दै चौतर्फी रुपमा परिक्षा स्थगित गर्न माग भएको थियो ।
त्रिभुवन विश्वविद्यालयद्वारा पूर्वनिर्धारित सबै परीक्षा स्थगित
२०७८ माघ ७, शुक्रबार ०१:२१ गते

प्रतिक्रिया