७ माघ २०७८, शुक्रवार ।
झापासहित देशभरका १४ वटा जिल्लालाई रेड जोनमा राखिएको छ । ५०० भन्दा बढी कोरोना संक्रमित रहेका जिल्लालाई सरकारले रेड जोनमा राखेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन,काभ्रे, मकवानपुर,बाँके, कास्की, रुपन्देही र कैलाली रहेका छन् । शून्य संक्रमित रहेका जिल्ला कुनै पनि नभएको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १२ हजार ३ सय ३८ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कोरोनाका सक्रिय संक्रमित ५७ हजार ३ सय २८ पुगेको हो ।

birtamode jhapa
प्रतिक्रिया