६ पौष, २०७८
पछिल्लो समय रियलस्टेटको हटस्पट बनिरहेको झापाको बिर्तामोडमा सुविधा सम्पन्न हाउजिङ परियोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।
शिवम् हाउजिङ प्रालिले बिर्तामोडको हर्कलाल मार्गमा व्यवस्थित सामूहिक बसोबासका लागि सुगम कोलोनी बनाएको हो ।
प्रर्याप्त खुला ठाउँ, ३५ फुटको चौडा सडक, चिल्ड्रेन पार्क, सामुदायिक जमघटस्थल लगायत सेवा सुविधाका हिसाबले सुगम कोलोनी सम्भवतः मुलुककै अहिलेसम्मकै सुविधा सम्पन्न आवास परियोजना हुनेछ ।
पूर्व–पश्चिम राजमार्गको १.८ किलोमिटर दूरीमा रहेको सुगम कोलोनीमा कुल २७ घरहरु बनी रहेका छन । सबै घरहरु साढे दुई तलाका हुनेछन् । यो कोलोनी १ विघा १५ कट्ठा ६ धुर क्षेत्रफलमा फैलिएको छ ।
कोलोनीमा सवा १५ धुरमा बनेको घरको मूल्य २ करोड ३५ लाख र एक कट्ठामा बनेको घरको मूल्य ३ करोड रुपैयाँ तोकिएको छ । कोलोनीका बासिन्दाहरुले उन्नत जीवनशैली जिउन् भनेर कोलोनीलाई अत्याधुनिक सुविधा सम्पन्न बनाएन कुनै कसर बाँकी छाडिएको छैन ।
कोलोनीमा एउटा कम्युनिटी भवन हुनेछ जहाँ कम्युनिटी हल, लाइब्रेरी, हेल्थ क्लब, स्वीमिङ पुल लगायत सुविधाहरु हुनेछन् । स्वीमिङ पुल पनि किड्स र एडल्ट्सका लागि छुट्टाछुट्टै बनाउन लागिएको छ ।
कोलोनीको सबैभन्दा आकर्षक पक्ष भनेको चौडा सडक र खुला ठाउँ हो । कोलोनीभित्र ३५ फुटको फुटपाथसहितको कालोपत्रे सडक हुनेछ । विद्युत् टेलिफोन, इन्टरनेट लगायतलाई अन्डर ग्राउन्ड व्यवस्थापन गरिने भएको छ ।
कोलोनीमा पर्याप्त खुल्ला हरियाली क्षेत्र हुनेछ । एक कट्ठा ८ धुर क्षेत्रफलमा पार्क बनिरहेको उक्त ठाउमा सामुदायिक जमघट स्थल भनेर गाउँघरकै झझल्को दिलाउने खालको चौतारो पनि हुनेछ जहाँ मन बहलाउने गार्डेनसहितको जमघट र सुस्ताउने ठाउँ हुनेछ ।
बच्चाहरुको लागि छुट्टै चिल्ड्रेन एरिया हुनेछ भने आकर्षक फाउन्टेन, वाकिङ ट्रयाक, सिटिङ एरिया पनि सुगम कोलोनीभित्र उपलब्ध हुनेछ । कोलोनीमा खुल्ला हरियाली क्षेत्र धेरै हुने हुँदा क्राउड महशुस हुँदैन । खानेपानी, चौबिसैघण्टा सीसीटीभी र गार्डको सुरक्षा व्यवस्था, भूकम्प प्रतिरोधी घर, ढलको स्मार्ट व्यवस्था हुनेछ ।
सुगम कोलोनीमै कमर्शियल जोन भनेर ४ कट्ठा छुट्याइएको छ जहाँ कफी हाउस, रेष्टुरेन्ट, ग्रोसरी सप, फार्मेसी, सैलुन, पार्लर लगायत राखिने भएको छ ।
कोलोनीको घर किन्नका लागि बैंकिङ सुविधा उपलब्ध गराइएको छ । सोही निर्माणाधिन घर धितो राखेर ७० प्रतिशत ऋण लिन सकिने छ । परियोजनाका २० वटा घर बिक्री भइसकेका छन् । अब एक कट्ठामा बनेका २ वटा र सवा १५ धुरमा बनेका ५ वटा घरमात्र बाँकी रहेको छ ।
कोलोनीका घरहरु किन्नेहरुमा काठमाडौं, झापा, इलाम, एनआरएन, डाक्टर, इन्जिनियर, व्यवसायी लगायत मिक्स ग्राहक रहेका छन् । सुगम कोलोनीमा मनोज प्रसाईंसहितको लगानी रहेको छ जो झापाकै रियलस्टेटमा लामो समय काम गरेका अनुभवी व्यवसायी हुन् ।
प्रतिक्रिया