+
Search

ताजा अपडेट +

पपुलर +

चरा चित्रकार सम्मानित

D R Sharma
२०७८ माघ ४, मंगलवार ११:३८ गते

पौष ४, २०७८

झापामा एक कार्यक्रममा चरा चित्रकार प्राज्ञ जिबनाथ पोखरेल सम्मानित भएका छन ।कुलदिप राजबन्शी स्मृती कला प्रतिस्ठान कन्काइ न पा घैलाडुब्बा को ११औ स्थापना दिवसको उपलक्ष्यमा  चरा चित्रकार सम्मानित भएका हुन ।

सुनसरी इनरुवा का प्राज्ञ पोखरेल विभिन्न चराको आकृती बनाउन माहिर छन ! उनलाइ पन्छी को उपनामले पनि चिनिन्छ !

प्रतिस्ठानको स्थापना काल देखि नै साहित्य र कलाका सर्जकहरुलाइ सम्मान सहित स्थापना दिवश मनाइदै गरेको कार्यक्रममा हाल सम्म स्व गोकुल प्र राजबन्शी , श्याम प्र डायरा, हिक्मत नेम्बाङ , युबराज रिजाल, लखन राजबन्शी , सागर मगर , केशब आचार्य,लिला अनामोल,गणेश निरौला, हेमन्ता भन्डारी, गुणराज शेर्मा, बिवश भलभद्र कोइराला, प्राज्ञ एस सि सुमन, टीका भट्टराई नेपाल, प्राज्ञ सरोज खडगी , ज्ञान प्र राजबन्शी, छिन्तेन शेर्पा सम्मानित भै सकेका छन ।

कन्काइ न पा मेयर राजेन्द्र प्र पोखरेलको प्रमुख अतिथ्यता, कन्चनजङा एफ एम का प्रवन्ध निर्देशक चन्द्र भन्डारीको बिशिस्ट अतिथ्यताका साथै पुर्व सम्मानित ब्यक्तित्वहरु टीका भट्टराई नेपाल, युबराज रिजाल सहित  सङीतकार कृष्ण योन्जन , हेमा भन्डारी योन्जन, लिला अनमोल लगायत झापाली  साहित्यकार कलाकारहरुको उपस्थिमामा आयोजित कार्यक्रम मा प्रतिष्ठानका सस्थापक  पवन राजबन्शी द्वारा आमन्तित सबैलाइ स्वागत तथा कार्यक्रम को औचित्य बारे प्रकाश परेका थिए ।

कार्यक्रममा  दयानन्द गोस्वामी, गणेश निरौला र करम चन्द राजबन्शी द्वारा कबिता बाचन तथा टोलि प्र राजबन्शी द्वारा गजल प्रस्तुत गरेका कार्यक्रममा  बिशिस्ट अथिती चन्द्र भन्डारी द्वारा मन्तव्य दिदै प्रतिस्ठानले बर्सेनि गर्दै आइ रहेको यस प्रकारका उदारणिय कार्यको मुक्त कन्ठले प्रशंसा गरेका थिए ।
त्यसरी नै प्रमुख अथिती मेयर राजेन्द्र प्र पोखरेलले आफ्नो नगरपालिकामा बिबिध जात जाती भाषा भाषी को कला साहित्य र सस्कृती को जगेर्णा गर्न हर सम्भव लागि परेको कुरा बताए

कोच सास्कृतिक बाजा दोतारा सहितको सङीतमय प्रस्तुती रहेको उक्त कार्यक्रमा आकृती र सुकृती राजबन्शी ले सङीतकार बलाराम राजबन्शिको सन्योजनमा स्वागत गीत का साथै केही राजबन्शी भाषागत गीतहरु प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रम उर्जाशिल युवा अर्जुन राजबन्शी द्वारा सन्चालन गरिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा