+
Search

ताजा अपडेट +

पपुलर +

एमाले झापाको मतदान शुरु

मुनाल न्यूज डेक्स
२०७८ पुष ३०, शुक्रबार १३:१२ गते

३० पौष २०७८, शुक्रवार ।
नेकपा एमाले झापाको मतदान शुरु भएको छ । बिहान ९ बजेदेखि शुरु गर्ने भनिएको मतदान साझ ५:३० बजेदेखी शुरु भएको हो ।

एमाले झापाको १० औं जिल्ला अधिवेशनबाट १५० सदस्यीय कमिटीमा यश अघि नै १२० जना सर्बसम्म्त भैसकेका छन् । बाकी ३० पदका लागि निर्वाचन शुरु गरिएको निर्वाचन कमिटीले जानकारी दिएको छ । राती ११ बजेसम्म मतदानका लागि समय दिइएको छ ।

निर्वाचन कमिटीका अनुसार खुल्ला हल सदस्यमा १९ जनाका लागि मतदान हुने भएको छ । १९ जनाका लागि ५३ जनाको उम्मेद्वारी परेको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर १ (क) को खुल्ला सदस्य पद्मा निर्वाचन हुने भएको छ । त्यसमा १ जनाका लागि ३ जना उम्मेद्वार बनेका छन् ।

मेचीनगरको खुल्ला सदस्य पद्मा २ जनाका लागि ८ जनाले उम्मेद्वारी दिएका छन् । सो पद्मा पनि निर्वाचन हुने भएको छ । निर्वाचन कमिटीका अनुसार आदिवासी जनजाति खुल्ला सदस्यमा २६ जनाको उम्मेद्वारी परेको छ । ६ जना निर्वाचित गर्न मतदान हुने भएको छ ।

यस्तै, युवा, विधार्थी र खेलकुदमा २ जनाका लागि ६ जनाले उम्मेदवारी दिएका छन् । सोही पद्हरुमा निर्वाचन भैरहेको छ ।

मतदान बिर्तामोडको रामचोकस्थित हिमाल सागर रिसोर्टमा भइरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd