राजवंशी समुदायको परम्परागत परिकार भाक्का, पूर्वी नेपालको सर्वाधिक रुचाइने एउटा परिकार हो जुन विशेषतः हिउँदमा बढी खाने गरिन्छ । चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भक्कालाई चट्नीसँग खाने गरिन्छ ।
भाक्का अथवा भक्का जे भने पनि यसको मौलिक विशेषता र स्वास्थ्यकर फाइदा दुवैलाई प्रवर्द्धन गरिन जरुरी भएको ठम्याइका साथ हरेक वर्ष पुस २९ मा राष्ट्रिय भाक्का दिवस मनाइन्छ ।
प्रतिक्रिया