पौष २८, २०७८
पारिवारिक बिग्रहले बिक्षिप्त बनेका एक भुटानी शरणार्थी युबा राकेश कुमार (नाम परिवर्तन) सानै उमेर देखि कुतलमा फसे । उनलाइ सम्झाइ बुझाइ गर्ने नै कोहि नभए पछि उनको अवस्था झन झन बिग्रदै गइ रहेको थियो ।
उमा (परिवर्तित नाम) गलत सङतको कारण यौनजन्य कृयाकलापमा सग्लग्न भएको आशंका गरिदै थियो !
भुटानी शरणार्थी शिविर दमक झापामा का राकेश र उमा (परिवर्तित नाम) हरु जस्ता अन्य थुप्रै बाल बालिका र युबा हरु कुलतमा फस्ने क्रम बढी रहेको थियो ।
भुटान बाट तीन दशक अघि शरणार्थिको रुपमा पुर्वी नेपाल को झापा र मोरङका विभिन्न शिविरहरुमा बासोबास गर्दै आएका थुप्रै नेपालीभाषीहरु ऐले थर्ड कन्ट्री रिसेटलमेन्ट अन्तरगत अमेरिका र अस्ट्रेलिया लगायतका मुलुकहरुमा पुगिसकेका छन भने अझै पनि हजारौको सख्यामा झापाको बेलडागी र मोरङको पथरी शिविरमा बासोबास गरिरहेकै छन ।
यहाँ बासोबास गर्ने बलबालिका हरु कोहि बाबुआमा गुमाएर टुहुरो बन्न पुगेका छन भने कोहि बालबालिकाका अभिभावक नेपाल कै कारागारमा सजाय भोगिरहेका पनि छन । केही बर्ष अघि सम्म पाइरहेको विभिन्न दातृ निकायको सहयोग बन्द भए पछि शिविरभित्र रहने हरुको आर्थिक अवस्था पनि कमजोड हुन थाल्यो ! यस्तो अवस्थामा रहेका केहि परिवारका बालबालिका र युवाहरु बिस्तारै कुलत र बिसङतिमा फस्न थाले ।
यिनै शिविर बाट तेस्रो मुलुक अमेरिकाको पेन्सिलभेनिया पुगेका मन पौडेल , लोचन खतिवडा, चन्द्र उप्रेती र भुवन आचार्य जस्ता मनकारी ब्यक्तिहरु ती बालबालिका र युबाहरुलाइ सहि बाटोमा ल्याउन चाहान्थे । ती बालबालिका र अमेरिकामा रहेका मनकारी ब्यक्तिहरु बिच समन्वय गर्ने ब्यक्ती बि आर सि क्लबका अध्यक्ष युबराज साम्पाङ राई देखा परे र एउटा परियोजना ‘गुरु चेला’ को सुरुवात गरे ।
शिविर भित्रका र दमक क्षेत्र का ३ जना सहित ३० जना ८ देखि १८ बर्ष समुहका बालबालिकालाई कार्यक्रम गुरुचेला मार्फत विभिन्न शिक्षामुलक , चेतनामुलक प्रशिक्षण दिन थालियो। यो परियोजनामा शिविरकै उर्जाशिल युवा रामचन्द्र चापागाईं फिल्ड मनिटर को रुपमा रहेका छन भने रामचन्द्र क्षेत्री , राज बुढाथोकी, सुस्मिता राई (लुङेली), सोनिका सुब्बा, र यशोधा , अच्युत नेपाल हरु जस्ता युबाहरुले ति बालबालिकाहरुलाइ विभिन्न तवरले प्रशिक्षण दिई रहेका छन । प्रशिक्षण र उपलब्धिहरुलाइ छायांकन गरि BRC, FANS CLUB को युटुब च्यानलबाट प्रशारण गर्ने पनि गरिएको छ।
यो परियोजनाको पहिलो चरण सकिन अब केही दिन मात्र रहेको छ । फिल्ड भिजिट (अनुगमन) र पारिवारिक एवम सामाजिक प्रतिक्रिया अनुसार बालबालिकाको ब्यवहारमा ९० प्रतिशत भन्दा धेरै सुधार भएको पाइएको छ । अमेरिका बसेर पनि नेपालमा समाजसेवा गर्ने मन पौडेल, लोचन खतिवडा,चन्द्र उप्रेती र भुवन आचार्य जस्ता मनकारी समाजसेवीहरु सर्वत्र प्रशंसनिय भएका छन ।
यस कार्यक्रमको संयोजन गरिरहेका युबराज राई का अनुसार अब चाडै नै गुरु चेला परियोजनाको दोस्रो चरण सुरु हुन लागेको छ । पहिलो चरण को कार्यक्रमलाइ प्रायोजन गर्ने महान ब्यक्तिहरुको सहयोग निरन्तर रहे दोस्रो चरण अझ धेरै प्रभावकारी बन्ने मा दुइ मत छैन ।
प्रतिक्रिया