+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशी गाउपालिकाको दशौ गाउँ सभा सम्पन्न

मुनाल न्यूज डेक्स
२०७८ पुष २८, बुधबार ००:५७ गते

(झापाली कान्छा )अभिषेक
झापा बाह्रदशी गाउपालिकाको दशौ गाउँ सभा को दशौ गाउँ अर्थात हिउदे गाउँ सभा आज समापन भएको छ । पुश आठ गते उद्घाटन गरिएको हिउदे दशौ गाउँ सभा आज सकिएको हो।सर्वसम्मत सकिएको गाउँ सभा मा आज बाकी रहेको ९६ लाखको बजेट अनुमोदन गरेर बडफाड गरिएको थियो ।

सोही कार्यक्रममा बर्सेनि सम्मान गर्दै आएको उत्कृष्ट पाच कर्मचारीहरुलाइ सम्मान गरिएको थियो।सम्मान हुने हरुमा गा.पा.का योजना अधिकृत श्री तेज प्रसाद रेग्मी ,स्वास्थ्य शाखा प्रमुख राम शाह, महिला तथा बा.बा. शाखा प्रमुख समीक्षा ढकाल , आयुर्वेद शाखा प्रमुख श्री जटाशंकर झा र घोडामारामा स्वा.चौ. मा कार्यरत अ.न.मि. श्री योगमाया गौतम हुनुहुन्थ्यो ।

सो कार्यक्रममा सुसासन प्रमुख बाह्रदशी ५ का वडा सदस्य राम प्रसाद सापकोटा ले कर्मचारी नियुक्ति को बिषय मा र योजना का सार्बजनिक सुनुवाइ को विषयमा आफ्ना कुरा राख्नु भएको थियो । साथै उक्त कार्यक्रममा योजना साखा प्रमुख तेज प्रसाद रेग्मी ले कर्मचारी लाई सम्मन गर्नु भएको मा धन्यवाद साथै यस्तो कार्यक्रम ले कर्मचारीलाई अझ हौसला तथा काम प्रती जिम्मेवारी थपेको महसुस भयो र सम्मान गर्नु हुने सबैमा धन्यवाद व्यक्त गर्नुभयो ।

दशौ गाउँ सभामा बाकी बजेट प्रस्तुत गर्नु भएको थियो।सथै उक्त कार्यक्रम मा बोल्दै गाउपालिका अध्यक्ष खड्ग प्रसाद राजवंशी हाम्रो यो कार्यकाल सफल बनाउन साथ दिनु भएको मा सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd