पौष २६, २०७८
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयमा सोमबार बसेको बैठकले कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले गरेको सिफारिस कार्यान्वयनमा पठाउने निर्णय गरेको शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले अन्नपूर्णलाई जानकारी दिए। उनले भने,’ सीसीएमसीसीको निर्णय हामीले कार्यान्वयन गर्छौं । केहीबेर मै सूचना जारी गर्छौं।’
प्रतिक्रिया