+
Search

ताजा अपडेट +

पपुलर +

अनलाइन र नेटवर्किङ व्यवसाय गर्नेलाई समाउने, थुन्ने

मुनाल न्यूज डेक्स
२०७८ पुष २६, सोमबार ०२:१७ गते

२६ पौष २०७८, सोमवार ।
अनलाइन वा नेटवर्किङ व्यवसायको नाममा इजाजत नै नलिई आर्थिक गतिविधि गर्ने विरुद्ध सरकारले कारबाही थाल्ने भएको छ ।

एक सूचना जारी गर्दै गृह मन्त्रालयले विभिन्न स्वरूपका गैर कानुनी आर्थिक क्रियाकलापबाट ठगी र असुरक्षा बढेकाले यस्ता व्यवसाय गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समयमा इजाजत नलिई अनलाइन वा विद्युतीय कारोबारका नाममा यस्ता गतिविधि भइरहेको मन्त्रालयले जनाएको छ ।


आर्थिक लाभ पु¥याउने प्रलोभनमा अनलाइनमार्फत विभिन्न स्वरूपका गैर कानुनी कार्य फस्टाएको भन्दै मन्त्रालयले नागरिकलाई सचेत रहन समेत आग्रह गरेको छ ।

यस्ता व्यवसायका जुनसुकै गतिविधिहरूको निगरानी गर्ने, नियन्त्रण गर्ने र गैर कानुनी कार्य गरेको पाइए प्रचलित कानुन बमोजिम कारबाही हुने मन्त्रालयले जानकारी गराएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd