+
Search

ताजा अपडेट +

पपुलर +

बिएण्डसीद्वारा झापाकमा खोर भित्र थुनिएका ९ वर्षीय बालकको उद्धार

मुनाल न्यूज डेक्स
२०७८ पुष २३, शुक्रबार १४:५२ गते

पुष २३, २०७८ शुक्रबार |
बिएण्डसी अस्पतालले झापा अर्जुनधारा –४ मिलडाँडाका ९ वर्षीय बसन्त दाहाललाई उद्धार गरिएको छ । ७ महिनादेखि खोरमा आफ्नो बालापन बिताइरहेका दाहाललाई शुक्रवार विहान उद्धार गरेको हो ।

बिएण्डसी अस्पतालका डाक्टरहरुसहित बालकको घर पुगेका कार्यकारी निर्देशक दुर्गा प्रसाईले उद्धार गरेर उपचार शुरु गर्ने घोषणा गरेका छन् । उनले तत्कालै उद्धार गरेर एम्बुलेन्स मार्फत बालकलाई अस्पताल ल्याएका हुन । उनको उपचार शुरु भइसकेको अस्पतालका सूचना अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

गत हप्ता बालकको समाचार इजलास दैनिकले पहिलो पटक प्रकाशन गरेको थियो । सोही समाचार प्रभावले बालकको उद्धार गरिएको बताइएको छ । स्थानीय अगुवा युवा कमल पोखरेलले बालक खोरमा बस्दै आएको सूचना इजलासलाई दिएका थिए ।

जन्मजात मुर्छा पर्न थालेको छोराले सानैदेखि दुःख व्यहोरेको आमा पम्फाले सुनाइन् । घर र खेतवारीमा काम गर्नकै लागि छोरालाई खोरमा राखेको उनले सुनाइन् । बुवा गुप्तबहादुर छोराको उपचारका लागि सँगै हस्पिटल गएका छन् ।

बालक एक्लै बस्ने, कसैसँग नबोल्ने, रिस उठ्दा आफैँले आफैँलाई कुट्ने, अनुहार कोतार्ने, भित्तामा टाउको ठोकाउने, घरदेखि बाहिर निस्केपछि फर्किएर नआउने, साथीभाइसँग नबस्नेलगायत आनीबानी रहेको बुवा गुप्तबहादुरले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd