२२ पौष, २०७८
ड्रिम हाइ नेपालले आयोजना गर्ने तयारी गरेको विवादित ‘मिडिया अवार्ड’मा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी नहुने भएका छन्।
अध्यक्ष प्रचण्डको सचिवालयले बिहीबार साँझ आयोजकलाई प्रचण्ड सहभागी नहुने जानकारी गराएको सचिवालय स्रोतले जानकारी दिएको छ। नेपाल पत्रकार महासंघको समेत नाम जोडेर ड्रिम हाइ नेपालले वितरण गर्ने तयारी गरेको अवार्डमाथि प्रश्न उठाउँदै नोमिनेशनमा परेका पत्रकारहरुले समेत बहिस्कार गरेका छन्।
नेपाल पत्रकार महासंघ र पत्रकारहरुको नाम जोडेर अपारदर्शी ढंगबाट वितरण गर्न लागिएको अवार्डले महासंघभित्र पनि असन्तुष्टि देखिएको छ। महासंघले केही रकम लिएर अवार्डमा सहकार्य गरेको आयोजक संस्थाका संयोजक कमल जीसीले नेपालखबरलाई बताए।
विभिन्न विधामा पत्रकारहरुलाई अवार्ड वितरण गर्ने भन्दै आयोजकले नाम सार्वजनिक गरेको थियो। तर कार्यक्रमका प्रमुख अतिथि समेत रहेका प्रचण्ड नै उक्त विवादित कार्यक्रममा सहभागी नहुने भएका हुन् । यसअघि आयोजकले प्रचण्डको फोटो राखेर पोस्टरसमेत सार्वजनिक गरेका थिए।
प्रतिक्रिया