२२ पौष २०७८, बिहिवार
गएराती झापा मेचीनगर नगरपालिका ७ स्थित पिपल चोकको केशव पाठकको घरमा अचानक आगलागि भई आगो निभाउने क्रममा घरको सिलिण्डर ग्यास पडकिदा एकको मृत्यु भएको छ । भने आगो निभाउने क्रममा थप १२ जना घाइते भएका छन ।
बुधवार रातीको करिव साढे ९ बजेको समयमा पाठकको टिनको छानो र चित्राको वेरा भएको एक तले कच्ची घरमा रामेछाप घर भएका कुमार पाण्डे कोठा भाडामा लिएर बस्दै आउनुभएको र उहाँकै कोठाबाट अचानक आगलागि भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घरमा आगलागि भएपछि निभाउने क्रममा अचानक घरको ग्यास चुल्हो पडकिएर घाइते अवस्थामा रहनुभएका मेचीनगर ८ बस्ने ४५ बर्षिय सरद राजवंशीको उपचारका क्रममा लैजाने क्रममा बाटैमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
सोहि घटनामा परि आगो निभाउनेक्रममा सोही स्थानका ४० बर्षिय लेखनाथ तिम्सिना, बिर्तामोड नगरपालिका ९ बस्ने २९ बर्षिय गोविन्द राजवंशी, मेचीनगर नगरपालिका ७ का ३२ बर्षिय दिपेन्द्र कार्की, सोही स्थान बस्ने बर्ष ३८ का चन्दन गौतम, सोही स्थानका ४० का सुभलाल राजवंशी, बर्ष ३५ को विनोद गिरी , बर्ष ३५ को नवराज श्रेष्ठ, २३ को सन्देश बोहोरा घाइते भएका छन ।
यस्तै बर्ष ४० को भवानी शंकर न्यौपाने, बर्ष ३४ को हरि विक, बर्ष ३६ को निर्मल शर्मा, र बर्ष ८ की शुशिला अधिकारी घाइते भई बिर्तामोडको विएण्डसी र बिर्ता सिटी अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी झापाले जनाएको छ । आगोलागी मेचिनगर नगरपालिकाको दमकल, प्रहरी र स्थानियको सहयोगमा राती साढे १० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया