+
Search

ताजा अपडेट +

पपुलर +

बाह्रदशीले सुत्केरी महिलाका लागि विशेष कार्यक्रम सञ्चालन

मुनाल न्यूज डेक्स
२०७८ पुष २२, बिहीबार ००:१८ गते

२२ पौष २०७८, बिहिवार | झापाली कान्छा,अभिषेक
बाह्रदशी गाउँपालिकाले सुत्केरी महिलाका लागि विशेष कार्यक्रम सञ्चालन गरेको छ । सुत्केरी महिलाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै ‘सुत्केरी महिला हेरचाह’ कार्यक्रम सञ्चालन गरेको हो ।

यो कार्यक्रम अन्तर्गत गाउँपालिकाले सुत्केरी महिलालाई पोषिलो खानेकुरा प्रदान गर्नुका साथै न्यानो कपडा दिन शुरु गरेको हो । बाह्रदशी गाउँपालिकाको वडा नम्वर ४ स्थित सन्थाल बस्तीबाट शुरु गरिएको यो कार्यक्रम निरन्तर सञ्चालन भैरहेको गाउँपालिकाकी उपाध्यक्ष रत्नाकुमारी राजवंशीले बताइन् ।

यो कार्यक्रम साउनबाट नै शुरु गर्ने भनेका थियौं, केही प्राविधिक कारण समयमा सञ्चालन गर्न सकिएन, अब भने निरन्तर सञ्चालन हुनेछ । स्वास्थ्यकर्मी महिला स्वयम्सेविका सहित कार्यक्रम सञ्चालन गरिएको हो।

उनले कार्यक्रम सञ्चालन भएको पहिलो दिन १० जना सुत्केरी महिलाको स्वास्थ्य अवस्था बुझ्दै पोषिलो खानेकुरा र न्यानो कपडा प्रदान गरेकी हुन् । गाउँपालिकाले यसअघि गर्भवती महिलालाई स्वास्थ्य परीक्षण (भिडियो एक्स–रे) का लागि एक हजार पाँच सय रुपैयाँ प्रदान गर्दै आएको थियो । त्यसो त महिलाको प्रजनन् स्वास्थ्यलाई मध्यनजर गर्दै तीन तहका सरकारका अहिले बिभिन्न खाले कार्यक्रम सञ्चालित छन् ।

साथै उक्त कार्यक्रममा बोल्दै वडा न.१का अध्यक्ष शम्भु सिंह राजवंशीले ले यस्ता प्रभावकारी कार्यक्रम हरु गाउपालिकाले आफ्नु वडामा ल्याएको मा धन्यवाद का साथ अझ प्रभावकरि कार्यक्रमहरु गाउपालिकाले गरोस भन्ने शुभकामना व्यक्त गर्नु भयो।विशेष गरी गर्भवती महिलालाई लक्षित गर्दै आमा सुरक्षा कार्यक्रम, सुनौलो हजार दिन जस्ता निक्कै प्रभावकारी कार्यक्रम सञ्चालित छन् ।

आमा सुरक्षा कार्यक्रम अन्तर्गत सुत्केरी हुनु पूर्व महिलाको स्वास्थ्य जाँच र सुत्केरी पछिको जाँचलाई पनि निक्कै महत्व दिइएको छ । गर्भवती महिलालाई गर्भ रहेको ४, ६, ८ र ९ महिनामा नियमित गर्भ जाँच गराउँदा प्रतिपटक गर्भ जाँच गराए बापत सरकारले चार सय रुपैयाँका दरले एक हजार ६ सय रुपैयाँ र सुत्केरी भएपछि पछि तीनपटक स्वास्थ्य जाँच गराउँदा प्रतिपटक तीन सयका दरले एक हजार दुई सय रुपैयाँ प्रदान गर्दै आएको छ ।

सुनौलो हजार दिन अन्तर्गत नवजात शिशु तीन वर्षको नहुञ्जेलसम्म सरकारले स्वास्थ्य संस्थामार्फत आमा र बच्चाको स्वास्थ्य जाँचलाई प्राथमिकतामा राखेको छ । सोसँगै सरकारले प्रजनन् स्वास्थ्यमा नै महिलाको निःशुल्क पाठेघर जाँच, क्यान्सर रोग पत्ता लगाउन गरिने स्वास्थ्य परीक्षण भीआइए जाँच, परिवार नियोजन साधन, एचआईभी जाँच गर्दै आएको छ ।

पछिल्लो समय झापाका १५ वटै स्थानीय तहका जनप्रतिनिधिले समेत महिलालाई लक्षित गर्दै विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसै क्रममा बाह्रदशी गाउँपालिकाले पनि विगतका वर्षदेखि नै महिलालाई उच्च प्राथमिकतामा राखेको छ ।

साथै सोही दिन बाह्रदशी गाउपालिकाको आयोजनामा गाउपालिका उपाध्यक्ष रत्नाकुमारी राजवंशी को संयोजक मा डा.विवेक गौतम ,समिक्षा ढकाल र अपाङ्ग समन्वय समिति बाह्रदशी ले बाह्रदशी गाउपालिका भित्र रहेका “ख” वर्ग अति अशक्त अपाङ्ग 3
“क” वर्ग पूर्ण अशक्त अपाङ्ग 6 गरी जम्मा 9 अपाङ्ग हरुलाइ अपाङ्गता परिचयपत्र समेत वितरण गरेको थियो।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd