२१ पौष, २०७८
नेपाली चलचित्र उधोगमा जस्तै सुकै खडेरी लाग्दा पनि नओइलाउने चलचित्रकर्मी हुन बाबू बलामी ।
चलचित्रका समिक्षकहरुले उनलाइ आलोचना गर्ने एउटै कुरा हो, बाबुले कैले ए ग्रेड को मुभी बनाएनन । तर उनी फिल्म को ग्रेड मा बिस्वासै गर्दैनन । उनी भन्छन ‘हामिले चलचित्र बनाउने हो, ग्रेड होइन । नेपाली चलचित्र उधोगलाइ बचाइराख्न चलचित्र निर्माण भइ रहनु पर्छ’ उनको धारणा छ
२०५२ साल पछि माओबादी सशस्त्र द्वन्द्वको प्रभाव नेपाली चलचित्र उधोगमा पनि पर्यो । चलचित्र हलहरुमा दर्शकहरुको उपस्थिति घटन थाल्यो फलस्वरूप ठूलो लगानी गरेका फिल्महरुले लगानी उठाउनै नसके पछि फिल्म निर्माण पातलियो । यस्तो बेला बाबुले सानै लगानिमा ‘जङली मान्छे’ भन्ने फिल्म बनाए । जब यो फिल्म रिलिज भयो, तेसबेला बनेका ठुला लगानि भनिएका फिल्म हरुलाई नै पछार्ने गरि यस फिल्मले ब्यपार गर्यो । यसै फिल्म मा डेब्यु गरेका नायक अर्जुन कार्की तेसपछिका थुप्रै फिल्म मा देखा परे ।
बाबू तेसपछी हौसिन थाले । उनले जङल बिषय मै अन्य फिल्महरु पनि बनाए । केही चले केही चलेनन ।
उनका प्राय सबै फिल्म एक्सन प्रदान छन । यस्को अलवा उनको फिल्म मा अलि बढी प्रेम रोमान्स र कामुकता पनि हुने गर्छन भनी समिक्षकहरु आरोप लाउने गर्छन ।
निखिल उप्रेति अभिनित ‘बलावान’ , राजेश हमाल अभिनित मार्यो नि मायाले मार्यो, बिराज भट्ट अभिनित सलाम छ मायालाइ’ लगायत द सोल्जर, द क्विन, युज, लकि सेभेन, ऐलान आदि चलचित्र हुँदै ऐले उनि फिल्म प्रपन्च रिलिज गर्ने तयारिमा लागेका छन ।
२१ बर्ष अघि फिल्म कैदी मार्फत द्वन्द्व निर्देशकका रुपमा नेपाली रजतपट मा प्रवेश गरेका बाबू पहिलो पटक चलचित्र ध्रुबतारा मार्फत नायक जीवन लुइटेल , पुजना जस्ता थुप्रै कलाकारहरु लाई डेब्यु गराउदै निर्माता निर्देशक का रुपमा उदाएका हुन । हाल ‘नारिको भाग्य’ नामक वेब सिरिजमा ब्यस्त रहेका बाबू चाडै नै एक फिक्सन चलचित्र को सुटिङ फ्लोर मा जाने तयारीमा रहेका छन ।
प्रतिक्रिया