१८ पौष २०७८, आइतवार ।
द भोइस अफ किड्स पहिलो सिजमा झापाकी अनुजा कडरिया लाइभ राउनको टप सोह्रमा प्रवेश गरेकी छन । पाैष १७ गने शनिवार भएको प्रतक्ष प्रसारणबाट उनि टप सोह्रमा पुगेका हुन । अनुजा टिम प्रविशा बाट अाफ्नो टिम भित्रको सिर्ष ४ मा पुग्न सफल भएकी हुन । बिर्तामोड-१ झापा निवासी नाै बर्षिया कडरिया कला र गला कि धनी रहेकी छन ।
टिम प्रविशा बाट उनि शिर्ष ४ मा पुगेकी हुन । अब अनले टिम प्रविशाको अन्य ३ जना संग प्रतिस्पर्धा गर्नु पर्ने छ ।
को हुन अनुजा ?
आमा मञ्जु कडरियाको प्रेरणाबाट संगीत क्षेत्रमा हामफालेकी अनुजाको स्थायी घर झापाको बिर्तामोड हो । सरगम संगीतालयमा संगीत सिकिरहेकी उनी कुमार र मञ्जु कडरियाकी कान्छी छोरी हुन् । तीन वर्षको उमेरदेखि नै गायन क्षेत्रमा रुची राख्दै स्टेज पर्फमेन्स् दिन शुरु गरेकी अनुजा बिर्तामोडस्थित निदि माविमा कक्षा ४मा अध्ययरत् छिन् ।
झापा प्याब्सनले आयोजना गरेको जिल्लास्तरीय प्रतियोगितामा गायन क्षेत्रमा प्रथम स्थान हासिल गर्दै चर्चा बटुलेकी अनुजाले ‘द भ्वाइस किड्स नेपाल’मा सहभागी हुँदै दमदार प्रस्तुति दिएकै कारण धमाका मच्चाएकी हुन् । भजन गाउन समेत रुचाउने अनुजा नृत्य र आर्टमा समेत अब्बल छिन् ।
प्रतिक्रिया