+
Search

ताजा अपडेट +

पपुलर +

करिब सात अर्बको मकैको बीउ आयात

मुनाल न्यूज डेक्स
२०७८ पुष १६, शुक्रबार १२:३८ गते

१६ पौष २०७८, शुक्रवार
चालु आर्थिक वर्षको पहिलो चार महिनामा विभिन्न जातका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् ।

मकै खेती गर्ने मौसम सुरु हुनै लाग्दा सो परिमाणको मकैका बीउ आयात भएका हुन् । एक हजार किलोग्राम बराबर एक टन हुन्छ । केही वर्षदेखि मकैको बीउको आयात बढ्दै गएको तथ्याङ्क छ । मकैका बीउमा परनिर्भरता बढ्दै जान थालेपछि बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रका वरिष्ठ बालीविज्ञ एवं सूचना अधिकारी प्रकाश आचार्यले तीन तहका सरकारबीच समन्वय हुन नसक्दा बीउको आयात बढेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

मकैको मूल बीउ अर्थात् प्रजनन बीउ नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) र उन्नत बीउको उत्पादन निजी तथा सामुदायिक क्षेत्रमा हुने गरेका थिए । मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै तीन तहका सरकारबीच समन्वय र सहकार्य हुन नसकेकाले सामुदायिक क्षेत्रमा उन्नत जात (हाइब्रिड) मकैका बीउ उत्पादन हुन लगभग बन्द भएकाले बीउमा परनिर्भरता ह्वात्तै बढेको हो ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा अर्जेनटिन, ब्राजिल, भारत, क्यानडा दक्षिण अफ्रिका, टर्की, र अमेरिकाबाट रु छ अर्ब ९१ करोड ९८ लाख ६६ हजार मूल्य बराबरका एक लाख ९६ हजार ४५ मेट्रिक टन मकैका बीउ आयात भएका छन् ।

तीमध्ये सबैभन्दा बढी भारतबाट रु छ अर्ब २५ करोड ५७ लाख चार हजार मूल्य बराबरका १८ करोड ५५ लाख ८५ हजार ९५० किलोग्राम मकैको बीउ आयात भएको छ । त्यसपछि सबैभन्दा बढी मकैको बीउ आयात हुने मुलुकमा अर्जेनटिना हो । सोही अवधिमा सो मुलुकबाट रु ६५ करोड ४१ लाख ३४ हजार मूल्य बराबरका ७७ लाख ३२ हजार ५० केजी मकैका बीउ आयात भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd