१५ पौष २०७८, बिहिवार ।
साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्विकल्प अध्यक्षमा रुपमा प्रस्तुत गरिररहेको नेकपा माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग भएको छ ।
काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलमा दुई कार्यकालको सीमा र उमेर हदको माग उठेको छ । बुधबार ११ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरेको छ, जसमा बागमती, कणर्ाली र सुदूरपश्चिम प्रदेशको टोलीले कार्यकारी पदमा दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।
कर्णालीको टोलीले पेश गरेको लिखित प्रस्तावमा भनिएको छ, ‘हरेक तहका कमिटीमा कार्यकारी पदमा बढीमा दुई कार्यकाल भन्दा बढी बस्न नपाइने व्यवस्था हुनुपर्दछ ।’ यस्तै आशयको प्रस्ताव बागमती र सुदूरपश्चिम प्रदेशको टोलीबाट पनि आएको महाधिवेशन प्रतिनिधि अम्बादत्त भट्टले जानकारी दिए ।
नेकपा एमालेमा कार्यकारी पदमा दुई कार्यकालको सीमा र ७० बर्षे उमेर हद दुबै लागू भइसकेको छ । ७० वर्षे उमेर हदकै कारण २०७१ मा भएको नवौंं महाधिवेशनबाट मनोमोहन अधिकारी र सिद्धिलाल सिंह केन्द्रीय कमिटीबाट बाहिरिएका थिए भने दशौं महाधिवेशनबाट अमृत बोहोरा र सत्य नारायण मण्डल बाहिरिए ।
यद्यपि यो पटक केपी शर्मा ओलीलाई पुनः अध्यक्ष हुन सहज हुने गरी ७० वर्ष पुरा नभएसम्म भनेर व्याख्या गरिएको छ ।
प्रतिक्रिया