१४ पौष २०७८, बुधवार
प्रेस चौतारी नेपाल राष्ट्रिय महाधिवेशन माघ २२ गते पोखरामा गर्ने निर्णय भएको छ । लुम्बिनी बैठकले महाधिवेशन माघ २२, प्रदेश अधिवेदन माघ ५ गते भित्र र पुस मसान्तसम्म जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेका उपमहासचिव तथा प्रेस चौतारी नेपालका इन्चार्ज पृथ्वी सुब्बा गुरूङको प्रमुख आतिथ्यमा बैठक सञ्चालन भएको हो । संगठनको बैठकमा हालै मनोनित केन्द्रीय सदस्यहरूलाई संगठनका अध्यक्ष गणेश बस्नेतले सपथ गराएका छन् ।
बैठक उद्घाटन समारोहमा पार्टीका नेताहरू पृथ्वी सुब्बा गुरूङ, भानुभक्त ढकाल, सूर्य थापा, विष्णु रिजालले सम्बोधन गरेका छन् । सगठनका अध्यक्ष बस्नेतको अध्यक्षतामा उद्घाटन गरिएको बैठकको सञ्चालन महासचिव राजेश राईले गरेका थिए ।
प्रतिक्रिया