+
Search

ताजा अपडेट +

पपुलर +

झापा कांग्रेसले महामन्त्री शर्मा सहितलाई सम्मान गर्ने

मुनाल न्यूज डेक्स
२०७८ पुष १३, मंगलवार ०३:३० गते

१३ पौष २०७८, मंगलवार ।
नेपाली कांग्रेस झापाको नवनिर्वाचित समितिको शपथग्रहण तथा पद हस्तान्तरण कार्यक्रम सोमबार बिर्तामोडमा सम्पन्न भएको छ । गत मंसिर १० गते सम्पन्न निर्वाचनबाट निर्वाचित सात पदाधिकारीसहित ७२ सदस्यीय समितिलाइ निर्वाचन समितिले प्रमाणपत्र वितरण गरेपश्चात शपथग्रहण तथा पद हस्तान्तरण गरिएको हो ।

नवनिर्वाचित सभापति देउमान थेवेलाई प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा एवं काङ्ग्रेस नेता पूर्वसांसद डिल्लीप्रसाद सिटौलाले शपथ गराएका छन् । थेवेले निर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई सपथ गराएका थिए ।

नेपाली कांग्रेस झापाका निवर्तमान सभापति उद्वव थापाले पार्टीको झण्डा एवं बैठक पुस्तिका हस्तान्तरण गर्दै पद हस्तान्तरण गराइएको थियो । सो क्रममा प्रमुख अतिथि डिल्लीप्रसाद सिटौलाले महाधिवेशनमा देखिएको गुटउपगुट अन्त्य गरेर नेता–कार्यकर्ताको मन जोड्न नयाँ जिल्ला समितिलाई सुझाव दिएका छन् ।

नवनिर्वाचित पदाधिकारी सदस्यहरुलाई शुभकामना दिदै नेता सिटौलाले भने, ‘नेता–नेताबीच कुम जोडेर मात्रै हुँदैन, मन जोड्नुस्, अनिमात्रै कांग्रेस बलियो र अपराजित शक्ति बन्छ ।’१४ औं महाधिवेशनबाट पार्टीमा युवाहरुको सशक्त उपस्थिति सकारात्मक रहेको उल्लेख गर्दै नेता सिटौलाले बिचार दिएर संगठन अघि बढाउन नसके चुनौति थपिने धारणा राखे ।

नेपाली कांग्रेस १ नं प्रदेश सभापति उद्वव थापाले नेपाली कांग्रेसको इतिहास, प्रजातान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गरेका प्रजातान्त्रिक योद्धाहरुको इतिहासको संरक्षण, आफ्नो कार्यकालमा पार्टीले लिएको पाँच (ब) को नीतिको कार्यान्वयन एवं गुटरहित पार्टी बनाउने जिम्मेवारी पूरा गर्न नवनिर्वाचित समितिलाई आग्रह गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd