+
Search

ताजा अपडेट +

पपुलर +

उज्वेकिस्तानलाई हराउँदै नेपाल फाइनलमा

मुनाल न्यूज डेक्स
२०७८ पुष ११, आईतवार ०९:१३ गते

११ पौष २०७८, आइतवार ।
नेपालको महिला भलिबल टोली बंगलादेशमा जारी एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपको फाइनलमा पुगेको छ । ढाकामा आइतबार उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

साविक विजेता समेत रहेको नेपालले उज्वेकिस्तानमाथि २५-२०,२५-२३ र २५-१४ को जित निकाल्यो । नेपालको यो लगातार चौंथो जित हो । यस अघि नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ सेटमा हराएको थियो । दोस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३-० र तेस्रो खेलमा बंगलादेशलाई ३-० को सेटमा हराएको थियो ।

नेपालले ४ खेलमा ११ अंक जोडेको छ । नेपाल शीर्ष स्थानमा समेत उक्लिएको छ । उज्वेकिस्तानको ९ अंक रहेको छ । उज्वेकिस्तानको समेत फाइनल पुग्ने सम्भावना रहेको छ । नेपालले अन्तिम खेलमा सोमबार किर्गिस्तानको सामना गर्नेछ ।

यस्तै पुरुष टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल दिउसो ३:४५ बजे सुरु हुनेछ । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । पहिलो खेलमा नेपाल बंगलादेशसँग ३-० को सेटमा पराजित भएको थियो । दोस्रो खेलमा उज्वेकिस्तानलाई ३-१ को सेटमा हराएको नेपालले तेस्रो खेलमा श्रीलंकासँग ३-१ को सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा पुरुषतर्फ ५ र महिलातर्फ ६ राष्ट्रको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछ । यस्तै तेस्रो र चौंथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd