९ पौष २०७८, शुक्रवार ।
पुस । एसियन सिनियर सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल च्यालेन्ज कपमा नेपालको महिला टोलीले लगातार दोस्रो जित निकाल्न सफल भएको छ । बंगलादेशको ढाकामा भएको खेलमा शुक्रबार माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउदै नेपालले लगातार दोस्रो जित निकालेको हो ।
नेपालले माल्दिभ्समाथि २५–११, २५–९ र २५–५ सेटमा जित निकालेको हो ।
नेपालले पहिलो खेलमा श्रीलंकालाई ३–२ को सेटमा हराएको थियो ।
अब नेपालले तेस्रो खेलमा शनिबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतिक्रिया