झापा, पुस ७ ।
नेपाल क्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नं. १ सचिव पदका लागि झापाका युवा नेता सीपी कडरियाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै झापाका मणिकुमार साम्पाङ विजयले उपाध्यक्ष र कोषाध्यक्षमा रेवतराज पुरी गगनले मनोनयन दर्ता गराएको छन् ।
अध्यक्षमा हर्क नेम्वाङ र मुक्साहाङ मेयाङ्वोले मनोनयन दर्ता गराएको जनाइएको छ । प्रदेश सचिव पदका उमेद्वार कडरियाको पल्लाभारी रहेको स्रोतले जनाएको छ । उम्मेद्वारका आकांक्षी वढेसँगै प्रदेशमा पदाधिकारीमा सहमति जुट्न नसकेपछि आज निर्वाचन हुँदैछ ।
सचिवमा सिपी, उपाध्यक्षमा विजय र कोषाध्यक्षमा गगनको मनोनयन दर्ता
२०७८ पुष ७, बुधबार १४:२८ गते
प्रतिक्रिया