२०७८ पौष ७ गते , बुधबार ।
नेपाली कांग्रेसको नवनिर्वाचित महामन्त्री विश्व प्रकाश शर्माले पार्टीमा एजको हैन एजेण्डाको कुरा हुने बताए । महामन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका शर्माले पार्टीमा युवापुस्ताको उपस्थिती बढ्दै गएको सन्दर्भमा यस्तो बताएका हुन ।
कांग्रेस कार्यकर्ताले चाहे जस्तो पार्टी रुपान्तरण गरेर मात्र बधाई ग्रहण गर्ने बताउँदै शर्माले गृह जिल्लाका जिल्लावासीसँग बधाई हैन शुभकामना लिन आएको बताए । शर्मा काठमाडौंबाट भद्रपुर विमानस्थल ओर्लिएर गृह जिल्लाको माटो ढोगेर बिर्तामोड आएका थिए ।
शदिह राम थापा र विपी कोइरालाको शालिकमा माल्यार्पण गर्दै झापा कांग्रेसको जिल्ला कार्यलय पुगेर कार्यक्रमस्थल आएका शर्माले वडादेखि माथि सबै तहमा जीत हासिल गर्नेहरुलाई सघाएर अघि बढ्ने प्रतिबद्धता जनाए ।
विपीको समाजमा विविधता रहेको र समावेशी बनाएर लैजानुपर्ने धारणा स्मरण गर्दै शर्माले आफू झापाको विविधता गाँस्न झापा आएको बताए । उनले अग्लो रुखले आफ्नो स–साना जरा बिर्सन नहुँदै उदाहरण दिँदै आफ्नो भूगोलको माटो बिर्सन नहुने धारणा व्यक्त गरे । आफ्नो जिम्मेवारी र प्रतिबद्धता दोहोर्याउन झापा आएको बताए ।
कार्यक्रममा उनले झापा कांग्रेसलाई बलियो बनाउन सबैले सबैलाई सघाएर जानुको विकल्प नभएको बताए । आफुले कुनै गुटको नभएर कांग्रेसको भोट पाएको बताए । शर्माले ज–जसले जुन जुन ठाउँमा जिम्मेवारी पाएका छन् तत् तत् स्थानमा सघाएर काम गर्ने प्रतिबद्धता जनाए । उनले कार्यकर्ताहरुलाई निरन्तर खबरदारी गरिरहन आग्रह गरे ।
परिवेश मिडियाबाट
प्रतिक्रिया