+
Search

ताजा अपडेट +

पपुलर +

एमाले अध्यक्ष ओलीको निर्देशनमा अग्नी खरेल र लिङ्देनको भेटवार्ता

दर्पण
२०७८ पुष ७, बुधबार ०७:१९ गते

पुष ७, २०७८ बुधबार
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् झापा इञ्चार्ज अग्नी खरेल र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनबिच भेटवार्ता भएको छ । दुई नेता बिच मंगलवार साँझ बिर्तामोडमा भेटवार्ता भएको हो । राष्ट्रिय राजनीतिका विषयमा छलफल गर्न दुई नेताले भेटघाट गरेका हुन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा उनीहरु बिच भेटवार्ता भएको बुझिएको छ । लिङ्देनसँग भेटवार्ता गरेको एमालेका स्थायी कमिटी सदस्य खरेलले पुष्टि गरेका छन् ।

समसामयिक राजनीति र आसन्न राष्ट्रियसभा निर्वाचनको सन्दर्भमा कुराकानी भएको बुझिएको छ । नेताहरु बिच दुई दलबिचको सहकार्य, समन्वयका बारेमा कुराकानी भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

दर्पण

मुनालन्यूजमा शुरूवाती समयदेखिनै विविध बिषयमा कलम चलाउनुहुदै हुनुहुन्छ ।