झापा, पुस ७ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) झापाको १३ औं महाधिवेशनले नयाँ नेतृत्व निर्बिरोध चयन गरेको छ ।
कमल गाउँपालिकास्थित लालिमा आवासीय माध्यमिक विद्यालयका संस्थापक प्रिन्सिपल गौरीमान फागोको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो ।
अध्यक्ष गौरीमान फागो ।
संस्थाको वरिष्ठ उपाध्यक्षमा कर्णलाी एजुकेशन फाउण्डेशनका छत्र कार्की चयन भएक छन् भने उपाध्यक्षद्वयमा जर्नादन ढकाल र टीआर गौतम चयन भएको निर्वाचन समितिले जनाएको छ । सचिवमा हरिकृष्ण पाठक, कोषाध्यक्षमा उपेन्द्र निरौला, सहसचिवमा इश्वरा श्रेष्ठ,भवानी पाठक र लक्ष्मी प्रसाद उप्रेती चयन भएका हुन् । सह कोषाध्यक्षमा हरि प्रसाद फुँयाल चयन भएका छन् ।
प्रत्येक पालिकाबाट जिल्ला सदस्य पदमा एक-एक जना चयन भएका छन् । जसमा केशव प्रसाद शर्मा कनकाई, कृत्यानन्द राजवंशी गौरादह, खड्गनारायण राजवंशी बाह्रदशी, गोपाल प्रसाद ढुङ्गेल गौरीगञ्ज, चन्द्रकुमार प्रसाई मेचीनगर, जीवन थापा मगर भद्रपुर र जीवन शिवाकोटी दमक रहेका छन् ।
त्यस्तै तारा प्रसाई बिर्तामोड,डिगम पराजुली शिवसताक्षी, युवराज वराल कमल, योगेन्द्र ताम्ली झापा , विष्णु प्रसाद सापकोटा वुद्धशान्ति र सुमनशर्मा जमरकट्टेल अर्जुनधारा रहेका छन् । सदस्य खुल्लामा डम्मर खड्का, शिवसताक्षी, डिल्ली प्रसाद चापागाई दमक, भक्त वहादुर गोदार अर्जुनधारा बेधनिधि अधिकारी शिवसताक्षी, युवराज शिवाकोटी गौरादह, सागर ढुङ्गाना कनकाई र त्रिलोचन गौतमह कमल रहेका छन् ।
अधिवेशनले १४ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । महाधिवेशन प्रतिनिधिमा कल्पना थापा, खगेन्द्र मैनाली, गुरुभक्त न्यौपाने, चन्द्र प्रकाश राई, डिल्लीराम न्यौपाने, देवराज सुवेदी , धरणीरस मैनाली , भानुभक्त राजवंशी, लक्षुदास राई, सञ्जिवकुमार प्रधान, श्रवण पोखरेल, सुमन काफ्ले, हिम्मत क्षेत्री र ज्ञानकुमार थलङ लिम्बू रहेका छन् ।
प्रतिक्रिया