+
Search

ताजा अपडेट +

पपुलर +

विद्यार्थीहरु अब मानविय सेवामा पनि , दिए खाद्यान्न र न्यानो कपडा

D R Sharma
२०७८ पुष ६, मंगलवार १०:१० गते

झापा, ६ पौष २०७८

  केही दिन अघि सुरुङा कोटिहोम स्थित एक बृद्धआश्रममा रहेका आमा बुबाहरुलाइ ‘एकदिन भगवान सग ‘ भनी आफैले जम्मा गरेको विभिन्न प्रकारका खाद्य सामाग्रीहरु प्रदान गरि आशिर्वाद लिइ फर्केका , चिल्ड्रेन इन्भारोमेन्ट स्कुल, बिर्तामोडका विद्यार्थीहरुले आज आफ्नै स्कुल प्राङ्गणमा अनाथ तथा अपाङ्ग बालबालिकालाई सहयोग गरेका छन ।

सामाजिक तथा मानबिय उत्तरदायित्व परिचालन बिभागको संयोजन एबम  सि.इ.यश. बाल क्लबको सकृयतामा,  झापा अर्जुनधारा स्थित अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र मा आश्रीत १२ जना बालबालिका लाई , बिबिध खाद्यान्न का साथै न्यानो कपडा पनि प्रदान गर्न पाउदा सानै उमेर देखि आफुलाइ मानबिय सेवामा सपर्पित गर्न उत्साहित भएको विद्यार्थीहरुले बताएका छन ।


सि. इ. यश. बाल क्लब कि अध्यक्ष एन्जल लुइटेलको सभापतित्वमा आयोजित कार्यक्रम मा प्रमुख अतिथी बिद्यालय शिक्षक अभिभावक संघ का अध्यक्ष गोबिन्द कार्की , बिशिस्ट अतिथी बिद्यालय ब्यवस्थापन समिति का अध्यक्ष राजेन्द्र पोखरेल, बिद्यालय प्रीन्सिपल सन्तोस सुब्बा र अपाङ्ग बाल शिक्षा सरोकार केन्द्र का सस्थापक कृष्ण दुलाल ले आफ्नो मन्तव्य राखेका थिए ।

१८ के जि  नुन, ३२ के जि आटा, १ बोरा चामल का साथै खाने तेल, साबुन , थुप्पा , बिस्कुट र जाडो याममा लगाउने स्विटर , ट्राउजर , टोपी र ज्याकेट आदि बितरण गरिएको उक्त कार्यक्रम बाल क्लब सदस्य गरिमा धमला ले संचालन गरेकी थिन भने आगन्तुक लाई  कक्षा ९ कि छात्रा दिक्षु आचार्यले स्वागत गरेकी थिन ! उक्त कार्यक्रममा सहयोग प्राप्त बालबालिकाहरुलाइ विद्यार्थीहरुले खाना बनाइ खुवाएका पनि थिए ।

बिद्यालयमा पाठ्यपुस्तक अध्यन अध्यापन सगसगै मानबिय सेवा भाव को ज्ञान दिइ बालबालिकाको आचरण सदैव सकारात्मक बनाउन यश बिद्यालय सदैव लागि परेको कुरा चिड्रेन इन्भारोमेन्ट स्कुल , सामाजिक तथा मानबिय उत्तरदायित्व परिचालन बिभागको ठहर छ ।

प्रतिक्रिया

लेखकको बारेमा