६ पौष २०७८, मंगलवार |
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आजदेखि प्रवक्ताको जिम्मेवारीबाट बाहिर रहेको स्पष्ट पारेका छन् । सोमबार राजधानीमा पत्रकारसँग कुरा गर्दै नयाँ भूमिका पाएको भन्दै आफूले प्रवक्ताको जिम्मेवारीबाट अलग हुने स्पष्ट पारेका हुन् ।
“जिम्मेवारीमा अर्को प्रवक्ता आउनुहुन्छ । उहाँको भूमिकालाई बढावा दिनुपर्छ,” उनले भने,“त्यो बेलामा साथीहरुलाई असुविधा हुन सक्छ । सामान्यतया बाइटको सन्दर्भमा जहिले पनि उपलब्ध हुन्छु । प्रवक्ता हुँदा धेरै सञ्चारमाध्यमले बोलाएको बेला सकेसम्म उपलब्ध भएँ ।”
आजदेखि कांग्रेस प्रवक्ताको जिम्मेवारीबाट अलग छु : विश्वप्रकाश शर्मा
२०७८ पुष ६, मंगलवार ०१:४४ गते
प्रतिक्रिया