+
Search

ताजा अपडेट +

पपुलर +

कहाँ गयो बैंकको पैसा ?

मुनाल न्यूज डेक्स
२०७८ पुष ५, सोमबार १३:०४ गते

५ पुस, काठमाडौं ।
अहिले बैंक तथा वित्तीय संस्थाहरु लगानी योग्य रकम (तरलता) अभावको समस्या झेलिरहेका छन् । कर्जाको माग लगातार बढिरहेको भएपनि चाहे जति कर्जा प्रवाह गर्न बैंकहरुले सकिरहेका छैनन् ।

बैंक तथा वित्तीय संस्थाहरुको ४५ खर्ब रुपैयाँ भन्दा बढी कर्जा लगानी गरेका छन् । पछिल्लो चार महिनामामात्रै ३ सय अर्बभन्दा बढी रकम कर्जा प्रवाह भएको छ । यतिधेरै कर्जा लगानी भएको रकम गयो कहाँ ? कसरी बजारमा तरलताको समस्या देखियो ?

यसको सामान्य जवाफ हो– कर्जा लगानी धेरै भयो तर निक्षेप आएन । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अहिले बजारमा तरलता अभाव हुनुको कारण कोरोना महामारीको उत्थानलाई मान्छन् । ‘कोभिड पछि अर्थतन्त्र पुनरुत्थानले गति लिदा यो समस्या देखियो’ उनले सार्वजनिक फोरमहरुमा भन्ने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले गरेको रिण प्रवाह उत्पादनमूलक क्षेत्रमा नभई उपभोग्य वस्तुहरुमा गएको तथ्यांकले देखाउँछ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अनुसार एक वर्षमा उपभोग्य शिर्षकमा जाने कर्जा वृद्धि ४७ दशमलव ३७ प्रतिशतले भएको छ ।

नियमन विभागको तथ्यांकअनुसार २०७७ असारमा यो शिर्षकमा जाने कर्जा १५८ अर्ब ६२ करोड ४० लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । २०७८ असारमा बढेर यो बढेर २३३ अर्ब ७६ करोड ७० लाख रुपैयाँ पुग्यो । बढ्ने क्रम गत असार यता पनि लगातार देखिएको छ ।

असोज मसान्तमा उपभोग्य शिर्षकमा ६३६ अर्ब ४१ करोड ५० लाख रुपैयाँ ऋण प्रवाह भएको छ । असोज महिनाको तुलनामा फेरि करिब १५ प्रतिशतले बढेर कात्तिक मसान्तसम्म ७३० अर्ब ६६ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह भएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd