झापा, पाैष ४ ।
झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले चेकजाँचलाई तीव्रता दिन र सवारी चालकलाई प्रशिक्षण दिन ट्राफिक प्रहरीलाई निर्देशन दिनु भएको छ।
झापाको बिर्तामोडमा आज ट्राफिक सप्ताहकाे उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी तिम्सिनाले यस्तो निर्देशन दिनुभएको हो । उहाँले ८० प्रतिशत दुर्घटना चालकको लापरबाहीले भइरहेको बताउँदै सडक सुरक्षामा गम्भीर हुन सराेकारवाला सबैलाई अपिल पनि गर्नु भयाे ।
प्रतिक्रिया