झापा, ४ पौष २०७८
लामो समयको लक डाउनको समयमा अनलाइन अध्यन गर्नु पर्दा विद्यार्थीहरु पाठ्यपुस्तक बाट बिमुख भए । बिद्यालय भौतिक रुपमै खुले पनि धेरै विद्यार्थीहरुमा मोबाइल चलाउने लत परिसकेको अवस्था छ ।
यसै कुरालाई मनन गर्दै बिर्तामोड स्थित बेल्स मोडेल बिधालयले हालै विद्यार्थीहरुको ध्यान पाठ्यपुस्तक तर्फ आकर्षित गर्न , कक्षागत पुस्तकको अलवा अन्य रोचक कथा, निबन्ध, कबिता, आविस्कार र महान ब्यक्तिका बायोग्राफी सम्बन्धि पुस्तकहरुको प्रदर्शनी गरेको छ ।
यश पुस्तक प्रदर्शनी मा राखिएका पाठ्यसामग्री विद्यार्थीहरुले विशेष अभिरुची राखेका र उक्त पुस्तकहरु किनेरै घरमा पडने बानी बसाल्न उत्साहित भएका कुरा बेल्स मोडेल स्कुल का प्रीन्सिपल तारा प्रसाईं ले बताउनु भयो ।उक्त पुस्तक प्रदर्शनी इशा बुक्स स्टेसनरिको को सहकार्यमा गरिएको थियो !
प्रतिक्रिया