+
Search

ताजा अपडेट +

पपुलर +

पोल्यान्डमा भेटिए डाइनोसरका पद चिन्ह

D R Sharma
२०७८ पुष ३, शनिबार ०७:५८ गते

झापा, ३ पौष २०७८

पोल्यान्डमा डायनोसरका सयौं पदचिन्ह फेला परेका छन्। पदचिन्ह फेला परेसँगै २० करोड वर्ष पुरानो रहस्यलाई थप उजागर गरेको छ ।

राजधानी वार्सादेखि १३० किलोमिटर दक्षिणको वोर्कोवाइसमा डायनोसरका पाइला र हड्डी फेला परेको पुरातत्वविद्हरुले जनाएका छन् । डायनोसर दौडिएको, पौडी खेलेको, बसेको र आराम गरेको पदचिन्ह फेला परेका हुन् ।

‘डायनोसरहरुले छोडेको पद चिन्हबाट हामीले उनीहरुको स्वभाव तथा बानी व्यहोराबारे थप जानाकारी पत्ता लगाउन सक्छौं,’ पुरातत्वविद् ग्रिजगोर्ज निजविद्ज्कीले भने ।
मांसहारी डायनोसरको सबैभन्दा ठूलो पदचिन्ह ४० सेन्टिमिटरसम्म लामा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा