+
Search

ताजा अपडेट +

पपुलर +

मेयर शिवाकोटी भन्छन, “क्रिस्चियनहरू अनैतिक हुदैनन”

मुनाल न्यूज डेक्स
२०७८ पुष ३, शनिबार ०६:०५ गते

३ पुष २०७८, शनिबार |

बिर्तामोड नगरपालिका नगर प्रमुख ध्रुब कुमार शिवाकोटीले एक समारोहमा, आज सम्म कुनै पनि क्रिस्चियनहरु चोरी डकैती र बलात्कार मुद्दामा जेल नपरेको कुरा बताएका छन |

बिर्तामोड इसाइ समाजले आयोजना गरेको क्रीसमस शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै उनले भने, “क्रिस्चियनहरू अनैतिक हुदैनन, उनिहरुको आचरणमा खोट लाउने ठाउँ छैन” ।

पछिल्लो समय नेपालमा क्रीसमस मनाउने सिलसिला बडेर गएको छ । दशै तिहार मा झै क्रीसमस र अङ्रेजी नया बर्षको समयमा होटेल रेस्टुरेन्ट र सपिङ मलहरु भरिभराउ हुदा ब्यवशायीहरु पनि उत्साहित हुन थालेका छन ।

इसाइहरुको धर्म गुरु जिसस क्राइस्ट को जन्म २०२१ बर्ष अघि डिसेम्बर महिनाको २५ तारिकमा भएको मानिदै आइ रहेको छ | यसै सिलसिलामा बिर्तामोडको हेभेन वाटर पार्कमा यश बर्षको प्री क्रीसमस उत्सवको आयोजना गरिएको थियो |

बिर्तामोड नगरपालिका उप मेयर पबित्रा महतारा प्रसाईं को सहित बिशिस्ट अथित्यता रहेको उक्त कार्यक्रममा बिर्तामोड नगर क्षेत्रमा रहेका ३२ वटा चर्च का पास्टर र अनुयायिहरु भेला भएका थिए ।

बिर्तामोड इसाइ समाजका अध्यक्ष रेभिरियन अमर कन्दङबाको सभापतित्वमा आयोजित कार्यक्रममा विभिन्न समुहको नृत्य , क्राइस्ट हिमालयन ब्यान्डको साङितिक प्रस्तुतिका साथै इसाइ गीत तथा भजनका प्रसिद्ध गायक भक्त भन्डारीले आफ्ना केही लोकप्रिय गीतहरु गाएका थिए ।

डा. कपिलमणी मिश्रले जिसस को जन्म को महिमा सहितको वचन सुनाएको कार्यक्रममा आमन्त्रीत सम्पुर्णलाइ प्राथना मन्डली का पास्टर गङा आलेले धन्यबाद आभार प्रकट गरेका थिए ।
उक्त कार्यक्रमको प्रायोजन बिर्तामोड १ स्थित चिल्ड्रेन इनभारोमेन्ट स्कुलले गरेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd