२ पौष २०७८, शुक्रवार |
इलाका प्रहरी कार्यालय दमकले लागुऔषधसहित एक महिलालाई नियन्त्रणमा लिएको छ । प्रहरीले बिहीवार दमक –७ बस्ने ५० वर्षीय मुन्नी बेगमलाई नियन्त्रणमा लिएको हो ।
बेगमको घरमा लागुऔषध रहेको भन्ने बिशेष सूचनाको आधारमा दमकबाट खटिएको प्रहरी टोलीले खानतलाशी गरेको थियो । खानतलासी गर्दा मुन्नी बेगमको कोठाबाट कयम चुर्ण लेखिएको बट्टा भित्र प्रतिबन्धित लागू औषध ब्राउन सुगर ११ पोका (६.५०० ग्राम) भेटिएको थियो ।
प्रहरीले मुन्नी बेगमलाई तत्कालै नियन्त्रणमा लिई इप्रका दमकमा राखेर अनुसन्धान गरिरहेको झापाका प्रहरी प्रवक्ता बसन्त पाठकले जानकारी दिए । झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईने पाठकको भनाई छ ।
दमकबाट ब्राउनसुगरसहित ५० वर्षीया महिला पक्राउ
२०७८ पुष २, शुक्रबार १३:३२ गते
प्रतिक्रिया