+
Search

ताजा अपडेट +

पपुलर +

दमक हत्याको घटनामा संलग्न लिम्बु सार्बजनिक

मुनाल न्यूज डेक्स
२०७८ पुष २, शुक्रबार १०:१६ गते

गत बुधबार दमकमा भएको हत्याको घटनामा संलग्न दमक १ का २० वर्षीय अर्जुन लिम्बू पक्राउ परेका छन् । लिम्बुलाई दमक प्रहरीले मंसिर १ गते पक्राउ गरेको हो ।

उनलाई झापा प्रहरीले पत्रकार सम्मेलन मार्फत आज सार्बजनिक गरेको छ ।
दमकको घिमिरे मार्केटमा कार्यरत तेज प्रसाद पराजुलीको बुधबार साझ हत्या भएको थियो । ३ महिनाअघि उनीहरु बिच सामान्य बिबाद भएको प्रहरी अनुशासनबाट खुलेको छ ।

पराजुली दमकको एक फेन्सी पसलमा काम गर्दै आएका थिए । बिना कारण कुटपिट गरेकाले लिम्बुले पराजुलीलाई पानी भर्न गएको अवस्थामा घाटीमा धारिलो हतियार प्रयोग गरेर हत्या गरेको झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए ।

प्रहरी उपरीक्षक भट्टराईका अनुसार लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरि जिल्ला अदालत झापाबाट म्याद थप गरि अनुसन्धान शुरु गरिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

मुनाल न्यूज डेक्स

Hatemalokhabar Media Company pvt ltd